नेपाली कांग्रेस काठमाडाैं क्षेत्र नं ३ का महासमिति सदस्य काठमाडौं महानगरपालिका–६ निवासी गजेन्द्र कुमार लामाकाे निधन भएकाे छ । कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा रहेका लामाकाे भारतकाे मेदान्त अस्पतालमा आज निधन भएकाे हाे ।
वरिष्ठ समाजसेवी लामा लुम्बिनी क्षेत्र विकास कोष, नेपाल अपांग संघ, महेन्द्र बौद्ध मावि, चक्रबहादुर ठकुरी फाउण्डेशन, एक्सन एड नेपाल, टोडलर्स तथा घन्चेन सामलिङ स्कुल लगायतका सामाजिक, सांस्कृतिक तथा शैक्षिक संस्थाहरुको नेतृत्वमा रही उदाहरणीय कार्य गर्दै अाएका थिए ।