राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस संक्रमण विरुद्धको विशेष कोषमा पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।
राप्रपाका कोषाध्यक्षद्वय गणेश चन्द र चन्द्रबहादुर गुरुङले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले स्थापना गरेको विशेष कोषमा रकम सहयोग गर्ने जानकारी गराएका हुन्।
सरकारले कोरोना भाइरस संक्रमणबिद्धको बिशेष कोषमा १ करोड रुपैया जम्मा गरेको छ।