कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको आपत्कालीन कोषमा मुख्य बिपक्षी दल नेपाली कांग्रेसले ५० लाख रुपैंया जम्मा गर्ने निर्णय गरेको छ।
कोषमा कांग्रेसका तर्फबाट एकमुष्ट ५० लाख जम्मा गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्। शर्माका अनुसार त्यसका लागि संघीय सांसदहरुले १५ दिनको तलब बराबर कोषमा जम्मा गर्नेछन्।
सरकारले कोरोना भाइरसको जोखिम सामना गर्न कोष बनाई १ करोड रुपैंया जम्मा गर्ने निर्णय गरेको थियो।