प्रमुख राजनीतिक दलका नेताहरुले कोरोना भाइरसका कारण दैनिक भेटघाट स्थगित गरेका छन्।
दैनिक ठूलो संख्यामा नेता, कार्यकर्ता तथा सर्बसाधारण भेटघाटका लागि निवास पुग्ने गरेका कारण संभाबित संक्रणबाट जोगिनका लागि उनीहरुले दैनिक भेटघाट रोकेका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अत्याबश्यक बाहेकका सबै भेटघाट बन्द गरेका छन्। सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार सामान्य अबस्थामा जस्तो भोटघाट बन्द गरिएको हो।
यसैगरी, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पनि बिहीबारदेखि दैनिक भेटघाट अनिश्चित कालको लागि स्थगित गरेका छन्। प्रचण्डले अत्यावश्यक बाहेकका सबै भेटघाट रोकेका हुन्।