सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ। बुधबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो।
त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ।सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ।सरकारले १५ बुँदे निर्णय गर्दै कोरोना भाइरसको संक्रमण फैलन नदिन भेला, समारोह लगायतका कार्यक्रम समेत रोक्ने निर्णय गरेको छ।