कोरोनाभाइरस संक्रमणको मौका छोपेर व्यापारीहरूले कृतिम अभाव सिर्जना गरेपछि विद्यार्थी संगठनले बजार अनुगमन गर्ने निर्णय गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ, समाजवादी विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी नेविसंघ महामन्त्री दीपक भट्टराईले बजार अनुगमन गर्ने निर्णय भएको जानकारी दिए। विद्यार्थी संगठनहरूले अाजैदेखि बजार अनुगमन थाल्ने भएका छन् ।सरकार र सम्बन्धित निकायले पेट्राेल र ग्यासकाे सहज अापूर्ति भइरहेकाे बताए पनि बजारमा भने त्यसकाे अभाव देखिएकाे छ । व्यापारीहरूले माैका छाेपेर सामान लुकाएकाे उपभाेक्ताहरूले गुनासाे गरेका छन् ।