प्रदेश नम्बर २ को नामकरणका लागि सत्तासीन राजपा र समाजवादीले राखेको मधेश प्रदेशको प्रस्ताब अस्वीकृत भएको छ।
दुई तिहाइ पुर्याउँन नसकेपछि सत्तासीन दुई दलको मधेस प्रदेशको प्रस्ताव अस्वीकृत भएको हो। मंगलबार मधेश प्रदेशको पक्षमा कूल ६० मत खसेको थियो। जसमा सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए भने ४ मत कांग्रेस र नेकपाका सांसदले हालेका थिए। एक मत बदर भएको थियो भने ४६ मत विपक्षमा खसेको थियो।
यसअघि नेकपा, कांग्रेस र बारा पर्साका सांसदले राखेको प्रस्ताव पनि अस्वीकृत भएको थियो। नेकपाले प्रदेशको नाम जानकी, कांग्रेसले मिथिला(भोजपुरा र बारापर्साका सांसदले मध्य मधेसको नाम प्रस्ताव गरेका थिए। सबै प्रस्ताव अस्वीकृत भएपछि प्रदेश नामांकनका लागि अब नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ।
प्रदेश २ को नामकरण लागि भएको मतदानमा क्रस भोटिङ भएपछि प्रतिपक्ष नेकपा र कांग्रेसले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको भए पनि ४ जना सांसदले पक्षमा मत हालेका थिए।