नीति अनुसन्धान प्रतिष्ठान विकास समिति सदस्य डा. मीना आचार्यले पदबाट राजीनामा दिएकी छन्।
आफू भन्दा कनिष्ठ व्यक्तिलाई अध्यक्ष स्वीकार्न नसकिने भन्दै आचार्यले चैत १ गतेखि लागू हुने गरी राजीनामा दिएकी हुन्। १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले डा. विष्णुराज उप्रेतीलाई तीन बर्षका लागि समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो। प्रतिष्ठानमा बसेर नीति अनुसन्धानको क्षेत्रमा काम गर्ने अनुकुल वातावरण नभएको भन्दै उनले राजीनामा दिएकी हुन्।
सरकारका विभिन्न नीतिको अध्ययन, विश्लेषण र अनुसन्धान गरी त्यसको सुधारको सम्बन्धमा सरकारलाई सिफारिस गर्न प्रतिष्ठान प्रतिष्ठान गठन गरिएको हो। ५ असोज २०७५ मा मन्त्रीपरिषद् बैठकले प्रा. चैतन्य मिश्रको नेतृत्वमा गठन गरेको प्रतिष्ठानमा डा. गणेश गुरुङ, डा. सुरेन्द्रलाभ, डा. मीन आचार्य र डा. राजेन्द्रध्वज क्षेत्री सदस्य थिए।
मिश्रले आठ महिनापछि नै पदबाट राजीनामा दिएपछि डा. गुरुङ हुँदै डा. उप्रेती कार्यकारी अध्यक्ष बनेका हुन्। स्वतन्त्र रुपमा काम गर्न नपाएको भन्दै मिश्रले राजीनामा दिएका थिए।