गृह मन्त्रालयले १० जना प्रमुख जिल्ला अधिकारीको सरुवासहित २६ जना सह–सचिवको सरुवा गरेको छ।
जस अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरमा नारायणप्रसाद भट्ट, कास्कीमा रमेशकुमार केसी र बारामा फणिन्द्रमणि पोखरेलको सरुवा गरिएको छ।
तनहुँमा रुद्रप्रसाद पण्डित, सिराहामा गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यस्तै, पाँचथरमा मुरारी वस्ती र अछाममा भोजराज श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको गृहमन्त्रालयले जनाएको छ।