सरकारले कोरोनाको उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइएकाे स्वास्थ्य तथा जनसंख्यामन्त्री भानभक्त ढकालले बताए ।सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले २३५ आईसीयू बेड तयार पार्न लागेकाे हाे ।
कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिँदै मन्त्री ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको बताए ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ । यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महाहारी घोषणा गरिसकेको छ ।
कोरोना संक्रमण फैलिन नदिन नेपालले पनि पर्यटक भिसा रोकेको छ भने धेरै संक्रमण फैलिएको देशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् ।