विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका विषयमा साझा धारणा तय गर्न सार्क राष्ट्रध्यक्षरप्रतिनिधिबीच आज साँझ भिडियो संवाद हुँदैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। संवादमा काेराेनाकाे संक्रमणबाट बच्न कसरी अघि बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित हुने बताइएकाे छ ।
पछिल्लो समय भारत पाकिस्तान द्वन्द्वका कारण करिब निष्क्रिय अवस्थामा रहेकाे सार्क राष्ट्र कोरोना संक्रमणविरुद्ध साझा रणनीति तय गर्न भने एक ठाउँमा उभिन लागेका हुन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संवाद हुन लागेको हो।