प्रधानमन्त्री केपी शर्मा ओलीको मुत्रनलीमा राखिएको स्टेन्ट आज निकालिने भएको छ ।मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाबाट पिसाब सहजै मुत्रथैलीसम्म पुगोस् भनेर स्टेन्ट राखिएको थियाे । त्यसका लागि ओली शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले याे सामान्य प्रक्रिया भएकाेले यसमा धेरै समय पनि नलाग्ने बताइन्। उनले भनिन् त्यो निकालेर उहाँ फर्किनु हुनेछ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुसँग प्रधानमन्त्री ओलीले आइतबार ५:१५ बजे कोरोना महामारीका विषयमा भिडियो कन्फरेन्समार्फत बैठक गर्ने कार्यक्रम रहेको छ।