सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले संविधान संशोधनका लागि बनाएको कार्यदल खारेज गरेको छ।
बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गर्दै संविधान संशोधनका लागि बनाएको कार्यदल निष्क्रिय बनाउने निर्णय गरेको हो।
शनिबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको गृहकार्य गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य तोकिएका थिए।
नेता नेपालको निवासमा बसेको कार्यदलको अनौपचारिक बैठकमा नेम्वाङ र देवकोटाले संविधान संशोधन गर्ने गरी बनाइएको कार्यदलमा आफूहरू नबस्ने बताएका थिए।