नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण सरकारले श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र सार्वजनिक गरेका हुन् ।
नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ । तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ ।
दरबारमार्ग,लाजिम्पाट,कमलादी,कालिमाटी,ताहाचल,छाउनी लगायतका स्थानमा रहेका ट्रष्टका जग्गा व्यापारिक प्रयोजनका लागि दिइएकाे छ। काठमाडौं सहित भक्तपुर, ललितपुर, नुवाकोट, मकनवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक , धनकुटा, सुर्खेत, कास्की, चितवन र धादिङमा तत्कालिन राजपरिवारको जग्गा जमिन पाइएको छ ।तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेका चल अचल सम्पती ट्रष्टकाे नाममा ल्याइएको हाे।