नेपाल विद्यार्थी संघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले भौतिक तथा शैक्षिक सुधारका मागसहित रिले अनसनमा बसेका छन् । चरणवद्ध आन्दोलन गर्दा समेत प्रशासनले मागको सुनुवाई नगरेपछि रिले अनसन शुरू गर्न आफूहरू बाध्य भएकाे उनीहरूले बताएका छन् ।
नेपाल विद्यार्थी संघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाईको आयोजनामा रिले अनसन आइतवारदेखि सुरु गरिएको नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए ।
विद्यार्थीहरुले निकै पुरानो पाठ्यक्रम परिमार्जन हुनुपर्ने, जीर्ण रहेका भवनहरुको पुर्ननिर्माण हुनुपर्ने, अनुसन्धनात्मक शिक्षालाई जोड दिनुपर्ने लगायतका माग छन् ।उनीहरुले भौतिक तथा शैक्षिक सुधारका २३ बुँदे मागसहित क्यम्पस प्रशासनलाई गत माघ १ गते ज्ञापन पत्र समेत बुझाएका थिए ।