राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले लोकतन्त्रलाई लुट्तन्त्र बनाएको आरोप लगाएका छन् ।
सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पुगेका अध्यक्ष थापाले राजपा सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भष्टचार, विचौलीकाको संख्यामा बृद्धि भएकाले लोकतन्त्रको नाममा नेपाल नै धरसाहीमा रहेको बताएका हुन् । नकरात्मक गतिबिधिलाई अघि बढाउनका लागी बहुमतको आधारमा कानुन नै संसोधन गरेको उनले बताए ।
न्याय दिने बिभिन्न निकायहरुमा पार्टिको प्रभावका ब्यक्तिहरुलाई न्युत्तिः दिने जस्ता कामहरु भई रहेको उनले स्पष्ट पारे । वर्तमान सरकार र प्रतिपक्षको सहमतिमा नै लोकतन्त्रको मर्म विपरित काम गरेको अध्यक्ष थापाको भनाई छ । एमसीसी भित्रका विषय संशोधन गरेर ल्याउँदा राष्ट्रको हितमा हुने उनले बताए । सत्तारुढ दल भित्रका आपसी झगडा, विवादका कारण विभिन्न भ्रमपुर्ण अभिव्यक्ति आएको उनले बताए । एमसीसीको विषयमा सत्तारुढ दलले नै सम्झौता गरेकाले सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको सुझाब रहेको छ ।
नेपालको सार्वभौमसत्तालाई बचाउन बलियो राष्ट्रबादी संस्था आवश्यक रहेको अध्यक्ष थापाको दाबी रहेको छ । संविधानको रक्षा र संसदको नियन्त्रणमा रहि जन केन्द्रित शासन प्रणाली सहितको राजसंस्था ल्याइने बताए ।