नेपाली कांग्रेसका नेताहरुले नेपाली कांग्रेस उदपुरका पूर्व महासमिति सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका पूर्व सचिव ज्ञानेन्द्रमान सिंहको निधनले पार्टीमा अपुरणीय क्षती पुगेका बताएका छन्।
कटारी विद्यार्थी समाजले आइतबार काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली सभामा कांग्रेसका नेताहरुले गान्धीवादी चिन्तनका नेताको निधनले पार्टीलाई क्षती पुगेको बताएका हुन्।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र स्वच्छ छवि बनाएका राउतको सपना साकार पार्न पनि पार्टीलाई एकतावद्ध र बलियो बनाएर जनतामाझ जानुपर्ने धारणा राखे। निकै भावुक बनेका निधिले राउत एक सच्चा र निष्ठावान तथा राष्ट्रप्रति समर्पित व्यक्ति भएको स्मरण गरे।
राउतको एकसाता अघि भक्तपुरको बालकोटमा निधन भएको हो। उनको काठमाडौँको मेडिसिटी र भारतमा उपचार गरिएको थियो। उदयपुर जिल्ला साविक कटारी गा.वि.स. वडा नं. ४ मा २०१४ सालमा राउतको जन्म भएको थियो।