प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लुटतन्त्र मच्चाउनका निम्ती शासन सत्तामा नपुर्याएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता बोलीमा होइन व्यवहारमा अपनाउने पनि बताए ।सूचना तथा संचार प्रविधिमन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको केही समयपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारी जाे सुकै भएपनि कारबाही गर्ने बताए ।
प्रधानमन्त्रीले भने, 'शासनमा रुलिङ पोजिसनमा पुर्याउनुको अर्थ लुटिङ फ्यासिलिटी दिएको भन्ने होइन। 'स्वच्छता, पारदर्शिताको सम्बन्धमा अलिकति पनि प्रश्न उठ्ने बितिक्कै मैले भन्ने गरेको छु कि- म यसमा कसैको अनुहार हेरेर निर्णय गर्दैन।' साथै शुसासनका निम्ती जस्ताे सुकै अप्ठयारा अाएपनि चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन,उनले भने ।