नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सङ्घीयताको सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताए ।
दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्दा पनि कुनै प्रगति नभएकाे ”उपसभापति निधिले भने । पूर्वगृहमन्त्रीसमेत रहेका निधिले वर्षमा कांग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य काम सरकारले नगरेको बताए ।