गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताएका छन् ।
मकवानपुरको फापरबारीमा शनिबारदेखि सुरु भएको वागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको बताएका हुन्। उनले अन्तिम मौका दिँदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने चेतावनी दिए।
‘काम नगर्ने र र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्ने ठेकेदारलाई अन्तिम मौका दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भइसकेको छ। अब अन्तिम मौका दिइनेछ। उक्त अवधिमा पनि काम नभए सरकारले कारबाही गर्नेछ,’ उनले भने।साभार कान्तिपुर दैनिक