अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सभामुख न्यान्सी पेलोसीले च्यातिदिएकी छन्।
संसदको दुवै सदनलाई सम्बोधन गर्न संसद भवन पुगेका ट्रम्पको भाषणको लिखित कपी सभामुख न्यान्सीले उनको अगाडि च्यातिदिएकी हुन्।
अभिवादनका रुपमा हात मिलाउन हात नदिएका ट्रम्पको विरोधस्वरुप न्यान्सीले उनको अगाडी भाषण च्यातिदिएकी हुन्। यो घटनापछि सभामुख र राष्ट्रपतिको विवाद बढेको छ।
अमेरिकी दुवै सदनलाई सम्बोधन गरेका ट्रम्पले कोरोना भाइरबाट आफ्ना नागरिकलाई बचाउन सबै कदम चालेको बताएका छन्। उनले चीनलाई पनि समाधानको उपाय खोज्न आग्रह गरेका छन्।