अमेरिकाले कोरोना भाइरसका बारेमा ‘त्रास’ फैलाइरहेको चीनले आरोप लगाएको छ ।
नियमित पत्रकार सम्मेलनमा बाेल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले अमेरिकाले प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रास फैलाएको आरोप लगाएकी हुन् ।
यस दु:खद घडीमा अमेरिकाले खासै महत्वपूर्ण सहयोग गरेको छैन बरू सबै चिनियाँ यात्रुमाथि प्रतिबन्ध लगाएर त्रास फैलाएको उनकाे आरोप छ ।अमेरिकाले आफ्नै नागरिकमाथि पनि लागू हुनगरी पछिल्लो समय चीन भ्रमण गरेका सबै विदेशी नागरिकको प्रवेशमा रोक लगाएको छ।