पूर्ब प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्ब सभापति सुशील कोइरालाको सम्झनामा स्थापना गरिएको सुशील कोइराला फाउन्डेसनको भवन विराटनगर महानगरपालिका ८ बलुवाईमा शिलान्यास गरिएको छ।
विराटनगर महानगरपालिकाले फाउन्डेसनलाई उपलब्ध गराएको जग्गामा बन्ने भवनको कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले बिहीबार शिलान्यास गरेका हुन्।
त्यस अबसरमा नेता आचार्यले विराटनगरमै जन्मिएका पूर्व प्रधानमन्त्री कोइरालाको सादगीपूर्ण जीवनशैली सबैका लागि प्रेरणाको स्रोत भएको बताए।
आचार्यले कोइरालाको सादा जीवनशैली अहिलेका नेतृत्वलाई पनि प्रेरणाको स्रोत भएको स्मरण गरे। कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले संविधान जारी गराउन सुशील कोइरालाको ठूलो योगदान भएको बताए।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समाज रुपमान्तरणमा फाउन्डेसनले योगदान दिनेछ विश्वास व्यक्त गरे। फाउन्डेसनकी अध्यक्ष मृदुला कोइरालाले फाउन्डेसनले समाजमा पिछडिएका र मूलधारमा ल्याउनु पर्नेहरूको हितमा काम गर्ने जानकारी दिइन्। फाउन्डेसनको कार्यसफलताका लागि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले शुभकामना सन्देश पठाएरको अध्यक्ष कोइरालाले जानकारी दिइन्।
फाउन्डेसन भवन निर्माण गर्न प्रदेश १ सरकारकाले रु. ७५ लाख बजेट छुट्याएको छ।