पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
आजदेखि सुरु हुने केन्द्रीय कमिटि बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो। केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।