करिब एक महिनापछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि पार्टी मुख्यालय सानेपामा तीनै पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु उपस्थित भएका बेला मूल गेटमा भने नेविसंघका नेताहरु नाराबाजी गर्दै थिए।
पार्टी सभापति शेरबहादुर देउवा कार्यालय पुग्ने बित्तिकै पूर्बमहामन्त्री कुन्दनराज काफ्ले समूहले विधान कार्यान्वयनको माग गर्दै नाराबाजी गरे। संस्थापन र कुन्दनराज काफ्ले समूहका विद्यार्थीबीच धकेलाधकेल भयो। काफ्ले समूहका विद्यार्थीहरु बिगत केही दिनदेखि विधान कार्यान्वयनको माग गर्दै पार्टी कार्यालयमा धर्नामा बसेको छ।
शीर्ष नेताहरुबीच भएको सहमति अनुमोदन गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउँदा नेपाल विद्यार्थी संघका नेताहरुले पार्टी कार्यालयमा नाराबाजी मात्र होइन, गमला हानाहान गरे। पार्टी सभापति देउवा पार्टी कार्यालय पुग्दा यो समूहले विधान कार्यान्वयनको माग गर्दै नाराबाजी र्गयो, देउवालाई अबरोध गर्न खोज्यो। देउवा कार्यालयभित्र प्रवेश गर्नासाथ स्थिति तनावपूर्ण भयो । संस्थापन र काफ्ले समूहबीच धकेलाधकेल भयो।
कतिसम्म भने काफ्ले समूहले शेरबहादुर देउवा मूर्दाबाद भन्दै नारा लगाए। सभापति देउवामाथि आक्रमणको प्रयास भएपछि उनी पक्षीय विद्यार्थीले गमला उचालेका थिए। त्यसपछि दुबै पक्षीय विद्यार्थीबीच हानाहान भयो।
कार्यसमिति बैठकमा नेताहरुले सहमतिका बुँदामाथि छलफल गरिरहदा यस्तो अबस्था सिर्जना भएको थियो। बैठक सकेर नेताहरु बाहिरिने क्रममा फेरि संस्थापन र अर्को समूहका विद्यार्थीहरुबीच धकेलाधकेल मात्र भएन, गमला हानाहानसमेत भयो।
पूर्बमहामन्त्री कृष्णप्रसाद सिटौलाले सहमति गरेर अघि बढ्दा उनी पक्षीय विद्यार्थी नेताहरुले गरेको यो हदको व्यबहारले कुन्दन काफ्लेमात्र होइन, स्वयं सिटौलाको टिममा समेत अप्ठेरो परेको निकटजनहरु टिप्पणी गर्छन्।