नेपाल विद्यार्थी संघको अध्यक्ष राजीव ढुंगाना हुने भएका छन् ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस शीर्ष नेताहरुको छलफलमा ढुंगानालाई अध्यक्ष बनाउने सहमति भएकाे हाे ।
सभापति देउवाले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी अध्यक्षमा ढुंगानाको नाम प्रस्ताव गरेका थिए।नेविसंघका अध्यक्ष नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएपछि २०७५ माघ २ गतेदेखि संघ नेतृत्वविहीन अवस्थामा छ।