गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गें)लाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो ।
अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाइ मनाङ्गेले सार्वजनिक मञ्चमै झापड हानेका थिए ।यता सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि कास्की प्रहरीले पक्राउ गरेको छ ।