सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन्।
बिहीबार सम्पन्न निर्वाचनमा नेकपाका श्रेष्ठले तीन हजार चार सय ६२ मत पाए भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए।
२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा डा. बाबुराम भट्टराईसँग गोरखा २ मा श्रेष्ठ सात हजार मतान्तरले पराजित भएका थिए।
गण्डकीबाट नेकपाकी भगवती न्यौपाने पनि विजयी भएकी छन्। महिलातर्फबाट उम्मेदवार बनेकी न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार बिमला गौचनले दुई हजार तीन सय ४० मत ल्याइन्।