गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ्लाई दुव्र्यवहार गरेको आरोपमा उजुरी परेपछि मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई बिहीबार अनुमति दिएको हो।
सांसद मनाङ्गेले मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए।