गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दिपक मनाङे) विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट तथा दुव्र्यवहार भएको भन्दै कास्की प्रहरीमा मंगलबार उजुरी दर्ता गराएका हुन्। गराएका छन्। मनाङेले मंगलबार अध्यक्ष मिलनलाई झापड हानेका थिए।
उजुरी दर्ता गरिएपछि अब प्रहरीले अनुसन्धान अघि बढाउने बताएको छ । लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै मनाङेले एन्फा कास्की अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए।
मनाङबाट आएको टोलीलाई होटल,ग्राउण्ड नमिलाईदिएको भन्दै उनीमाथि हातपात भएको थियो।