मुख्य बिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक दलको कार्यालय सिंहदरबारमा बस्दैछ।
आजको बैठकले सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा टुंगो लगाउने छ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नि सापकोटालाई उमेदवार बनाउने भएपछि कांग्रेसले उपसभामुख आफुलाई दिनुपर्ने प्रस्ताब गरेको छ।
उपसभामुख कांग्रेसलाई दिन नेकपा तयार भएमा मिलेर जाने यदि त्यस्तो नभएमा सभामुखमा उम्मेद्वारी दिनेबारे कांग्रेसभित्र छलफल भएको छ।
माघ १२ गते हुने सभामुखको निर्बाचनमा आफूहरुलाई सघाउन माओवादी अध्यक्ष दाहालले कांग्रेस सभापति देउवासंग आइतबार आग्रह गरेका थिए।