नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल हिन्दु बाहुल्य देश भएकाले धर्मनिरपेक्ष राष्ट्र भन्नु उचित नहुने बताएका छन्।
महामन्त्री कोइरालाले आफू धर्मनिरपेक्ष राष्ट्रको पक्षमा नभएको स्पष्ट पारेका छन्।
नवलपरासीको चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको पितृमोक्ष महायज्ञको समापनमा कोइरालाले धर्म मान्ने कुरा व्यक्तिगत स्वतन्त्रता भएकाले निरपेक्ष भनेर कित्ताकाट गरिराख्नु नपर्ने बताए।
उनले मुलुकको समृद्धिका लागि उत्पादनमूलक कार्यमा जोड दिनुपर्ने बताए। उनले भने, ‘ कम्युनिष्ट सरकारले अहिले जसरी पानीजहाज र रेलको कुरा गरेको छ, त्यसबाट मात्र समृद्धि आउँदैन, त्यसले मुलुकलाई ऋणमा डुबाउँछ।’