सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्दै निर्वाचनको मिति घोषणा गरेका हुन्।
साेमबार अपरान्ह ४ बजे बसेकाे प्रतिनिधिसभाको दोस्रो बैठकले रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे थियाे। कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। मंगलबार साढे २ बजे उम्मेदवारीको दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने र माघ १२ गते निर्वाचनगर्ने कार्यतालिकामा उल्लेख छ।
गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारीमाथि यौनदुुब्र्यबहारको प्रयास गरेपछि राजीनामा दिएसंगै प्रतिनिधिसभा सभामुख विहीन छ।