उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्।सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन्।
तुम्वाहाङ्फेले प्रतिनिधिसभाको गरिमा जोगाउने लडाईँ आफूले जितेको समेत बताइन्।उनले भनिन्, ‘प्रतिनिधिसभा र दल आफ्नो क्षेत्रअनुसार चल्नुपर्छ मैले भनेकी हुँ।
प्रतिनिधिसभाको इज्जत जोगाउन दलको निर्देशन मान्दिनँ भनेको हुँ।उनले प्रतिनिधिसभाको उपसभामुख पदबाट राजीनामा दिँदा पनि आफू खुशी भएको बताइन्। शिवमायाले मुलुकमा अहिले पनि पित्तृसत्ताले जरा गाडेर बसेको बताइन्।
उनले बैठकमा राजीनामा पत्र पढेर सुनाएक थिइन्।
संसद बैठकलाई सम्बोधन गर्दै उनले भनिन्, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु।’