मुख्य बिपक्षी दल नेपाली कांग्रेसले सभामुख निर्वाचनमा पार्टीबाट केन्द्रीय सदस्य एवं सचेतक पुष्पा भुसाललाई उम्मेदवार उठाउने तयारी गरेको छ।
सत्तारूढ नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले आफ्नो तर्फबाट भुषाललाई उम्मेदवार बनाउन लागेको हो।
नेकपाले व्यक्ति हत्याका आरोपी सापकोटालाई सभामुख उम्मेदवार बनाएको भन्दै कांग्रेसले उम्मेवारी दिन लागेको हो।