उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने भएकी छन्। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको आग्रह मानेर उनले राजीनामा दिन लागेकी हुन्।
आइतवार नेकपा सचिवालय बैठकअघि ओलीसँगको भेटमा आफ्नो गल्ती के हो भनेर उनले प्रश्नसमेत गरेकी थिइन्। जबाफमा ओलीले आफूलाई सघाउन आग्रह गरेका थिए।
प्रतिनिधिसभाको बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने र आजको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्ने बताइएको छ।
संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गर्ने भएकी छन्।