नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल मुस्लिम संघ स्याङ्जाको तेस्रो जिल्ला अधिबेशनले अलि मियाँ (मुमु) को अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा अहमद अलि मियाँ(रमजान), सचिबमा हा. महमद करीम, सहसचिबमा साहेरा वानु, कोषाध्यक्षमा इमाम मोहम्मद सरीफ र सहकोषाध्यक्षमा मुवारक अलि चयन भएका छन्।
यसैगरी कार्यसमितिका सदस्यहरुमा रहि बक्स मियाँ, मौलाना आजाद, मोहम्मद अमिन, रमजान मियाँ, साविर दिन मियाँ,मोहम्मद ईक्वाल, सरफराज अलि छन्। कार्य समितिका अन्य सदस्यमा अहमद हुसेन,रमजान अलि, फरिदा खातुन, मुनुरदिन मियाँ, निजामदीन मियाँ, अयुव अलि,अहमद मियाँ, ताज मोहम्मद मियाँ,मोहमद अलि(इमाम),अब्दुल अलि,मोहम्मद साहिद र मुन्नी नीसा रहेका छन्।