सभामुखको उम्मेदवार टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार ४ बजे सचिवालय बैठक डाकेको छ।
आइतबार बिहान अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीचको छलफलपछि ४ ब जेका लागि सचिवालय बैठक बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन्।
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालकी कर्मचारीमाथि यौनदुब्र्यबहारको आरोप लागेपछि रिक्त रहेको पदमा कसलाई उम्मेद्वार बनाउने भन्ने बिषयमा नेकपाभित्र विवाद छ। यो विवाद चर्कदै गएपछि एक महिनाअघि पुस ४ गतेबाट शुरु भएको संसदको हिउँदे अधिबेशनको बैठक लगातार स्थगित हुँदै आएको छ। प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो। अर्को बैठक भोलि पुस ६ गतेलाई बोलाइएको छ।
पूर्व एमाले वा पूर्व माओवादी कसको भागमा सभामुख दिने भन्ने बिषयमा ओली र दाहालबीच सहमति जुट्न सकिरहेको छैन।
उपसभामुख शिबमाया तुम्बाहाङ्लाई राजीनामा गराएर सभामुख चयन प्रकृया अघि बढाउने भनेर नेकपा सचिवालय बैठकले निर्णय गरेको भए पनि उनले राजीनामा दिन मानेकी छैनन्। उनलाई राष्ट्रपति विद्या भण्डारीको समर्थन रहेको छ। अर्कातिर सभामुखका लागि अध्यक्ष ओलीले सुवास नेम्वाङ र अर्का अध्यक्ष दाहालले अग्नि सापकोटाको नाम अघि सारेका छन्।