संसदको हिउँदे अधिवेशन शुरु भएको एक महिना पूरा भइसकेको छ। पुस ४ गते संसदको हिउँदे अधिबेशन शुरु भएको थियो। तीन महिनाअघि तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारीमाथि यौनदुब्र्यबहार गरेको आरोपमा सभामुख पद खाली भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा नयाँ सभामुख कसलाई बनाउने भन्ने बिषयमा सहमति जुट्न सकेको छैन।
सभामुख चयनमा सहमति हुन नसक्दा पटक पटक गरी ४ पटकसम्म संसद बैठक सुचना टाँसेर स्थगित भइसकेको छ। सूचना टाँसेर बैठक स्थतिग हुँदा जनप्रतिनिधिले जनताका कुरा राख्न पाएका छैनन्। संसद बैठक नचल्दा सरकारबाट भएका गलत क्रियाकलापबारे खबरदारी गर्ने जनप्रतिनिधिले बोल्न पाएका छैनन्। अर्कातिर संसदमा बिधेयकको थुप्रो लागेको छ। त्यसमाथि छलफल हुन पाएको छैन। मुख्य बिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले बहुमतको बलमा नेकपाले संसदलाई सरकारको छाँया बनाएको बताइएको छ।
यहि अन्यौलका बीच संसदको अर्को बैठक भोलि माघ ६ गते सोमबारका लागि बोलाइएको छ। बैठकको पूर्बसन्ध्यामा सभामुख चयनका बिषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बिबाद भइरहेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको भेट मूलतः सभामुख चयनकै बिषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले बताएको छ।
नेकपाको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर सभामुख चयनको बाटो खुलाउने निर्णय गरेको भए पनि उनले राजीनामा दिन मानेकी छैनन्। उनले सभामुमखको उम्मेदवार तय नँहुदासम्म राजिनामा नदिने अडान उनले राखेकी छन्।
प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष दाहालले स्थायी समिति सदस्य अग्नि सापकोटालाई बनाउन चाहेका छन्। हिजोका दिनमा माओवादीको भागमा परेको सभामुख पुनः आफूले पाउनु पर्ने दाहालको अडान छ। सभामुख चयनका क्रममा अध्यक्ष दाहाल आफ्नो हात माथि पार्न चाहन्छन्।
अर्थात् सभामुख छाड्नु परेमा उनले प्रधानमन्त्री ओलीमाथि शर्त तेस्र्याएका छन्, कि प्रधानमन्त्री पद छाड्नु पर्छ कि त अध्यक्ष पद छाडेर प्रधामन्त्री चलाउनु पर्छ। यी दुईमध्ये कुनै एक काम गर्न ओली तयार नभएसम्म दाहाल सभामुख पद पूर्ब माओवादीको हातबाट कुनै पनि हालतमा छाड्ने पक्षमा छैनन।
दाहालले यस्तो शर्त राखेका छन् भने प्रधानमन्त्री ओली नेम्बाङलाई पुनः सभामुख बनाउने पक्षमा छन् भने राष्ट्रपति विद्या भण्डारी उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउने पक्षमा छन्।