प्रदेश २ सरकारले आज प्रदेश २ मा सार्वजनिक विदा दिएको छ। मधेश आन्दोलनका सहिदहरुको सम्झनामा मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ।
प्रदेश सरकारले यसपटक वीरगञ्जमा बलिदानी दिवस मनाउने निर्णय गरिसकेको छ। आइतबार वीरगञ्जमा मनाइने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकारकाब मुख्यमन्त्री, मन्त्री, मधेशवादी दलका नेताहरु, सहिद परिवार, मधेश आन्दोलनका घाइते, नागरिक समाज लगायतको उपस्थिति रहने बताइएको छ।
मधेशवादी दलले प्रत्येक वर्ष माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाउँदै आएका छन्।