सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरिएको छ।
सत्य निरुणको अध्यक्षमा कांग्रेसबाट भट्ट तथा बेत्ता छानवीन आयोगमा नेकपाबाट सुबेदीको नाममा नेताहरुबीच सहमति भएपछि सिफारिस गरिएकाे हाे।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो।
सत्य निरुपणका सदस्यमा नेकपाका तर्फबाट गोविन्द गौतम, मन दाहालको नाम सिफारिस गरिएको छ भने कांग्रेसकाे सिफारिसमा प्रचण्डमान प्रधान रहेका छन्। त्यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा नेकपाबाट विष्णु भण्डारी तथा कांग्रेसको सिफारिसमा सुनिल रञ्जन सिंह, गंगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस गरिएको छ।
आयोगको सिफारिस अनुसार मन्त्रिपरिषद् नियुक्ति गर्नेछ।