सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अहिले संसदमा देखिएको गतिराेधकाे प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी गरेका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गजुरेलले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । नेता गजुरेलले नेकपामा सभामुखको दाबेदारमा धेरै नेताहरु रहेको बताए । उनले सभामुखमा नेकपाको दाबी भएपछि को हुने ? भन्नेबारे बहस चल्नु त स्वभाविक प्रक्रिया भएको तर्क गरे । उनले अहिले एउटै पार्टीबाट सभामुख र उपसभामुख हुने व्यवस्था नरहेको भन्दै उपसभामुखबाट राजीनामा नदिएसम्म सभामुख चयनको प्रश्नै नउठ्ने तर्क गरे । उनले दुई अध्यक्षको व्यवस्था महाधिवेशनबाट अन्त्य हुने बताए।
उनले अहिलेको गत्यावरोधको अवस्था नौलो कुरा नभएको भन्दै तत्कालिन नेकपा र नेकपा माओवादी केन्द्रबीचको एकतापनि असहज स्थितिमा भएको जिकिर गरे ।