सभामुखको उम्मेदवार चयनलाई लिएर संसद नै अवरुद्ध भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो करिब २ घन्टा उनीहरुबीच छलफल भएको जनाइएको छ। त्यसक्रममा सभामुखको उम्मेदवार चयन गर्दै प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ।
ओली सुवास नेम्वाङलाई सभामुख बनाउने र त्यसमा सफल नभए शिवमाया तुम्बाहाङ्फेलाई बनाउन प्रयासरत छन्। अर्कोतर्फ भने प्रचण्डले पुरानो भागबण्डा अनुसार सभामुख पूर्व माओवादीले पाउनुपर्ने अडान राखेका छन्।