जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिबादास्पद बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूविरुद्ध गुण्डागर्दी गरेर प्रसाईंले असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पनि निवेदन दिएका थिए। निवेदनको सुनुवाई गर्दै भक्तपुर जिल्ला प्रशासनले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको हो।
मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले मानहानीको मुद्दा हालेका थिए।
सञ्चालक प्रसाईं भने फरार छन्। बुधबार साँझदेखि उनको मोबाइल पनि स्वीच अफ रहेको प्रहरीले जनाएको छ। मोबाइलको स्वीच आफ भएपछि भक्तपुरस्थित उनको निवासमा प्रहरी पुगेको थियो। तर उनी त्याँहा भेटिएनन्।
झापाका प्रसाईंले एकीकरणअघि नेकपा र माओवादीका अध्यक्ष केपी ओली र पुुष्पकमल दाहाललाई घरमा बोलाएर मार्सी चामलको भात खुवाएका थिए।