उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय भएको केही मिनेटमै आफूले पदबाट राजीनामा दिने बताएकी छन् ।आफू सभामुख चयनको बाधक नभएको भन्दै उनले संविधान अनुसार नै काम गरिरहेको बताइन् ।
बुधबार बेत्रावतीमा आयोजना गरिएकाे गोरु जुधाइ प्रदर्शनीमा उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधिसभाको जेष्ठ सदस्यले अध्यक्षता गर्ने व्यवस्था गरेर मात्रै राजीनामा दिने बताएकी हुन्।
सभामुख पद रिक्त रहेकाे अवस्थामा भएकाे उपसभामुखलाई समेत कुनै दलले राजीनामा देऊ भनेर निर्देशन दिन मिल्दैन्,’ तुम्बाहाङ्फेले भनिन्।’सभामुखमा पदमा उनले आफ्नो पनि दाबेदारी रहेको बताउँदै आएकी छिन्।