स्वास्थ्य उपचारका लागि नयाँदिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच सोमबार भेटवार्ता भएको छ।
भारतीय जनता पार्टीका पूर्वअध्यक्ष समेत रहेका सिंहसंग कांग्रेस नेता पौडेलले नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल भारतबीचको सम्बन्ध तथा नेपालको पछिल्लो राजनीतिक अबस्थाबारे छलफल भएको थियो।
पुस ११ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिबेशनको कार्यतालिका सार्बजनिक गरेपछि असन्तुष्ट भएका नेता पौडेलल सभापति शेरबहादुर देउवालाई आइतबार भेटेर नयाँदिल्ली प्रस्थान गरेका थिए।