नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख चयन नहुुँदा सदन अनिर्णयको बन्दी बनेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै देउवाले सभामुुख चयन नहुुदा संसद लामो समयदेखी अनिर्णयको बन्दी बन्दै गएकाले सभामुुख चयन अविलम्व हुनुपर्ने बताए। नेपाली कांग्रेसलाई सभामुखपद् दिएमा संसद व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्ने दावी समेत उनले गरे। संवैधानिक प्रावधान अनुसार प्रदेशमा सभामुख वा उप सभामुख मध्ये एक पद कांग्रेसले पाउनु पर्ने उनले बताए।
सभापति देउवाले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) भित्र आन्तरिक विवादका कारण सभामुखको चयनमा ढिलाई भएको प्रसंग उल्लेख गर्दै नेकपा पार्टीभित्र गुट-उपगुट रहेकाले सभामुख चयनमा ढिलाई भएको जनताले प्रष्टरुपमा देखेको उल्लेख गरे।
उनले ससदको गतिराध हटाउन चाँडै कांग्रेसले संसदीय दलको बैठक वोलाउने र त्यसवाट ठोस निर्णय लिने बताए। उनले सदन नचल्दा कतिपय विधेयकहरु पास हुुन नसकेकाे भन्दै त्यसतर्फ सत्तापंक्षले ध्यान दिनुपर्ने बताए।
एक प्रश्नको जवाफमा सभापति देउवाले बहुचर्चित एमसीसीलाई नेपाली काङ्ग्रेसले पहिला नै समर्थन गरिसकेको र सरकारले चाडै यसलाई अनमोदन गर्नुमा जोडदिए।
उनले पार्टीको महाधिवेशनको मिति परिवर्तन नहुने बताउदै कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले पार्टी भित्रको वहस र छलफल हुनु सामान्य कुरा भएको बताए।