सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिन ढिलाई गर्न नहुने बताएका छन्।
‘उपसभामुखले राजीनामा दिएपछि मात्रै सभामुखमा उम्मेदवारी दिने सुनिश्चितता हुन्छ,’ गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमा भने‘ मुलुकले छिटो सभामुख पाउनु पर्छ।’
पार्टीको सचिवालय बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेकोले उपसभामुखले राजीनामा दिन ढिला गर्न नहुने उनको भनाई थियो।
उपसभामुखले राजीनामा नदिए के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा श्रेष्ठले उहाँले राजीनामा दिनुहुन्न भनेर आफूहरुले कल्पना पनि नगरेको उल्लेख गरे।