संस्थापन र रामचन्द्र पौडेल कुनै पनि समूहमा नरहेको भनेर सार्बजनिक अभिक्तव्यत्तिल दिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मंगलबार राजधानीमा आफ्नो समूहको भेला गरे।
जीपी कोइराला, लोकतन्त्र संवद्र्धन केन्द्रद्धारा मंगलबार आयोजित कार्यक्रममा नेता सिटौलाले आफूसँग जोडिएका नेता, कार्यकर्ता एकै ठाउँ रहेको सन्देश दिन खोजेका हुन्। तर भेलामा १३ औं महाधिबेशनमा सिटौला समूहबाट महामन्त्रीमा उम्मेद्वार बनेका गगन थापा र कोषाध्यक्षका उम्मेद्वार उमाकान्त चौधरी भने उपस्थित थिएनन्। महामन्त्री र कोषाध्यक्षका उम्मेद्वार थापा र चौधरीको अनुपस्थितिलाई लिएर सहभागीहरुले फरक ढंगले व्याख्या गरेका छन्।
यद्यपि नेता सिटौलाले पारिवारिक भ्रमणमा रहेकाले थापा उपस्थित हुन नसकेको स्पष्टिकरण दिए भने चौधरीको अनुपस्थितिलाई माघी पर्वको कारण देखाए। प्रदीप पौडेल, शिव हुमगाईं, भीमसेनदास प्रधान, धना खतिवडा र कालीकोट, सिन्धुपाल्चोक, उदयपुर, ताप्लेजुङका जिल्ला सभापतिलगायत भने कार्यक्रममा सहभागी थिए।
यीमध्ये केन्द्रीय सदस्य हुमागाईं सभापति देउवातिर नजिक छन् भने भीमसेनदास प्रधान काठमाडौंको स्थानीय राजनीतिका कारण प्रकाशमान सिंह रहेको समूहमा अटाउन सकेका छैनन्। त्यसैले उनी पनि पौडेलभन्दा देउवा समूह निकट मानिन्छन्। अर्कातिर, उमाकान्त चौधरी हिजो पनि देउवा समूहमै रहेका कारण भोलि पनि सिटौलाको अलग्गै समूह नहुँदा उनी पौडेलभन्दा देउवा समूहमै नजिक हुने निकट कांग्रेसजनहरु दाबी गर्छन्।
पार्टीको भागबन्डामा सिटौलाले १३ औं महाधिबेशनमा देउवालाई सघाएको भन्दै पौडेल पक्षले पन्छाउने काम गर्दै आएको छ। अनुशासन समिति गठनमा त्यहि भएपछि देउवाले आफ्नो कोटाबाट सिटौला समूहको सदस्य राखेका थिए। पछिल्लो समय नेविसंघ गठनमा पनि पुरानै कुरा दोहोर्याएका छन् पौडेलले। देउवा भने सकेसम्म सिटौलालाई आफ्नो भागबाट दिएर भए पनि १४ औं महाधिबेशनमा उनको समर्थन लिने पक्षमा छन्।