नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय राजनीतिमा जटिलता देखा परेको बताएका छन्।चितवनको माडीमा आयोजित खिचरा महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
सभामुख छनौटको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच कुरा नमिल्दा प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ। दुबैजना एउटै पार्टीको भए पनि सभामुख आफनै गुटको हुनुपर्ने अडान लिदै आएका छन् ।
उनले भने, माडीका लागि देखेको सपना अझै पूरा भएको छैन, अब माडी पिछडीएको क्षेत्र नरहने दावी गरे।उनले माडीमा कृषी र पर्यटनको विकास आवश्यक रहेको बताए।
माओवादी द्वन्दकालमा भएको बाँदरमुडे घटनापछि प्रचण्ड उक्त क्षेत्रका जनतासँगको सम्बन्ध सुधारका लागि लगातार प्रयासरत छन्।
उक्त घटनापछि प्रचण्ड पटक–पटक माडी पुगेर स्थानीयलाईं विभिन्न आश्वासन बाँड्दै आएका छन्।माडी घटनामा माओवादीले थापेको विद्युतिय धरापमा परेर ३८ जनाको ज्यान गएको थियो।